न्यायको माग गर्दै गाउँपालिका अगाडी प्रदर्शन

मर्चवार न्यूज 382+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

मर्चवार १७ भदौ । मर्चवार युवा समाजद्वारा कोटहीमाई गाउँपालिका अगाडी प्रदर्शन गरेका छन् । मर्चवारमा भएको जबरजस्ती करणी (बालात्कार)को घटनामा पक्राउ परेका तीनैजनालाई विभिन्न कडा करवाहीको माग गर्दै कोटहीमाई ५ मझगाावाँ देखि ¥याली निकालेर गाउँपालिका अगाडी प्रदर्शन गरेका हुन् । 

बालिकालाई करणी (बालात्कार) गरेको आरोपमा कोटहीमाई गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेय का छोरा बन्टी भन्ने शैलेश पाण्डेयलाई प्रहरीले पक्राउ गरी कारवाहीको प्रकृया अगाडी बढाएको छ । 


गाउँपालिका अगाडी पुगेका ३ सय भन्दा बढी युवाहरुले पिडितलाई न्याय दे, बालात्कारीलाई फाँसी दे लगायतका नारावाजी गरेका थिए । प्रदर्शनकारीले अरोपित तिनैजनाको फोटो माथि चप्पल समेत प्रहर गरेका थिए ।   

प्रतिक्रिया

Ramanand Majhi १७ भाद्र २०८१, सोमबार

Kill hem

Ram jatan १७ भाद्र २०८१, सोमबार

Sidhai fasi daa

Rabendra Yadav १७ भाद्र २०८१, सोमबार

Ab adaalat le vancha ke huncha

सम्बन्धित समाचार