सुनको भाउ ओरालो, तोलामा २ लाख ८६ हजार

मर्चवार न्यूज 382+ समाचार ( )
२० माघ २०८२, सोमबार

काठमाडौं— नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गएको छ। सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार पनि सुनको मूल्य १८ हजार ८०० रुपैयाँले घटेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी तोलाको ५ हजार २०० रुपैयाँमा कारोबार भएको छ, जुन आइतबारको तुलनामा ३०० रुपैयाँ कम हो।

प्रतिक्रिया

सम्बन्धित समाचार