मझगावाँमा निःशुल्क बन्ध्याकरण शिविर संचालन हुदै

Marchuwar Sandesh 1+ समाचार ( )
२२ पौष २०८१, सोमबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा निःशुल्क बन्ध्याकरण (मिनिल्याप तथा भ्यासेक्टोमा) शिविर संचालन हुनेभएको छ । कोटहीमाई गाउँपलिका स्वास्थ्य शाखाको आयोजना, स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय र सुनौलो परिवार नेपाल (मेरीस्टोप्स सेन्टर) को प्राविधिक सहयोगमा पुस २४ गते बुधबार उक्त शिविर संचालन हुने कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनेवास यादवले जानकारी दिएका छन् ।

कोटहीमाई ५ बेनीनगर स्थित मझगावाँ स्वास्थ्य चौकीमा विहान ९ बजेदेखि उक्त शिविर संचालन हुने स्वास्थ्य शाखा प्रमुख यादवले बताए । जिल्लाभरी हरेक स्थानीय तहमा भईरहेको उक्त शिविर कोटहीमाईमा पनि अत्यधिक सहभागि सहित सफलता पुर्वक सम्पन्न गराउन सबै सरोकारवालाहरु आग्रह गरेका छन् । 

शिविरमा बन्ध्याकरण गराउन इच्छुक महिला वा पुरुषले आफ्नो टोलमा रहेकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, नजिकको स्वास्थ्य चौकी वा गाउँपालिकाको स्वास्थ्य शाखामा नाम दर्ता गराउन उनले अनुरोध गरेका छन् । स्वास्थ्य शाखा प्रमुख यादवले भने ‘शिविरमा वर्षौको अनुभव भएका दक्ष चिकित्सक तथा नर्सहरुद्वारा सेवा दिइने, बन्ध्याकरण गराउने पुरुषलाई प्रोत्सानह स्वरुप रु. ३ हजार नगद, बन्ध्याकरण गराउने सबैलाई आवश्यक औषध समेत निःशुल्क प्रदान गरिनेछ ।’

‘सन्तान करले होइन रहरले जन्माऔँ’ भन्ने नाराका साथ संचालन गरिएको उक्त शिविरमा सन्तानको रहर पुरा भएको महिला वा पुरुषले बन्धयाकरण गराउन स्वास्थ्य शाखा प्रमुख यादवले आग्रह गरेका छन् । बन्ध्याकरण गराउन आउने महिला वा पुरुषले खाली पेट आउनुपर्ने उनले बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार