मुख्य समाचार
भैरहवा जयसवाल समाजका अध्यक्ष सौदागर जयसवालको नौतनवा महाराजगञ्जमा भव्य स्वागत | भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै | जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा रात्रिकालीन चेकजाँचसँगै चालकलाई सचेतना  | इप्रका मझगावाँद्वारा नागरिक सुनुवाइ सम्पन्न | रोटरी क्लबको स्वास्थ्य शिविर, विद्यार्थीलाई औषधि र परामर्श | ३६ वर्षपछि बालविकास विद्यालयले मनायो पहिलो वार्षिक उत्सव | नक्कली नोट छाप्ने गिरोहका दुई पक्राउ | भवन ठडिए, सिकाई मधुरो | मर्चवारबाट एसी रात्रीकालीन बस सेवा सुरु | अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा स्थानीय तहसँग अन्तरक्रिया |

भैरहवा जयसवाल समाजका अध्यक्ष सौदागर जयसवालको नौतनवा महाराजगञ्जमा भव्य स्वागत

Marchawarsandesh 3+ समाचार ( )
२० अशोज २०८३, मङ्गलबार

 मर्चवार सन्देश

भैरहवा /जयसवाल सेवा समिति भैरहवाका नवनिर्वाचित अध्यक्ष सौदागर जयसवालसहित अन्य पदाधिकारीहरूको भारतको उत्तर प्रदेश महाराजगञ्ज जिल्लाको नौतनवामा भव्य स्वागत तथा सम्मान गरिएको छ।

नौतनवा जयसवाल अतिथि भवनमा समाजद्वारा आयोजित कार्यक्रममा जयसवाल सेवा समिति भैरहवामा हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको तथा नौतनवा जयसवाल अतिथि भवनमा पहिलो आगमनको अवसरमा स्वागत कार्यक्रम आयोजना गरिएको हो । 

जयसवाल अतिथि भवनको सभाहलमा नौतनवा जयसवाल समाजका अध्यक्ष उमा जयसवालसहितका वरिष्ठ पदाधिकारी तथा समाजका अगुवाहरूले जयसवाल सेवा समिति भैरहवामा निर्वाचित हुनुभएको अध्यक्ष सौदागर जयसवाल, वरिष्ठ उपाध्यक्ष अविनाश जयसवाल तथा उपाध्यक्ष धर्मवीर जयसवाललाई माल्यार्पण र खादा ओढाएर सम्मान गरेका थिए।

उक्त सम्मान कार्यक्रम बोल्दै नौतनवा जयसवाल समाजका अध्यक्ष उमा जयसवालले समाजले शिक्षा, सामाजिक विकास तथा प्रतिभाशाली विद्यार्थीहरूको प्रोत्साहनका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताए। उनले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जयसवाल समुदायबीच सामाजिक सद्भाव र आपसी सहकार्यलाई अझ मजबूत बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

त्यसैगरी जयसवाल सेवा समिति भैरहवाका अध्यक्ष सौदागर जयसवाल भैरहवामा निर्माणाधीन भव्य धर्मशालाको प्रगतिबारे जानकारी गराउँदै समाजको एकता र सामूहिक प्रयासबाट महत्वपूर्ण सामाजिक परियोजनाहरू सफल बनाउन सकिने बताए। उनले भगवान् श्रीरामको नगरी अयोध्यामा पनि जयसवाल समाजको पहलमा जयसवाल धर्मशाला निर्माण गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए। जयसवाल समाजका सदस्यहरूको सानो–सानो सहयोग र सहभागिताले ठूला सामाजिक अभियानहरू सफल हुने उल्लेख गर्दै धर्मशाला निर्माणलगायत समाजसेवाका कार्यहरूमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए। नौतनवा जयसवाल समाजप्रति आभार व्यक्त गर्दै आगामी अक्टुबर ३१ मा हुना गईरहेको भैरहवामा विशेष कार्यक्रममा सहभागी हुनाका लागि सम्पूर्ण पदाधिकारी तथा समाजका सदस्यहरूलाई निमन्त्रणा दिए।

कार्यक्रममा नौतनवा समाजका सन्तोष जयसवाल, रिंकु जयसवाल, विन्ध्याचल जयसवाल, कृष्ण मुरारी जयसवाल, सुधाकर जायसवाल, राजाराम जयसवाल, रामरूप जायसवाल, अशोक जयसवाल, विपिन जयसवाल, भोला जयसवाल, दुर्गेश जयसवाल,समाजका पूर्व अध्यक्ष अशोक जयसवाल, ऋषि जयसवाल ,प्रेस सल्लाहकार गुड्डू जयसवाल,भैरहवा जयसवाल समाजका पूर्व सचिव अशोक कुमार जयसवाल लगायत समाजका वरिष्ठ पदाधिकारी हरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Rupesh kumar २० अशोज २०८३, मङ्गलबार

Vary good congratulations

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार