मुख्य समाचार
भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ | रुपन्देहीमा भैरहवा दशैं महोत्सव हुँदै | चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा | भैरहवा जयसवाल समाजका अध्यक्ष सौदागर जयसवालको नौतनवा महाराजगञ्जमा भव्य स्वागत | भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै | जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा रात्रिकालीन चेकजाँचसँगै चालकलाई सचेतना  | इप्रका मझगावाँद्वारा नागरिक सुनुवाइ सम्पन्न | रोटरी क्लबको स्वास्थ्य शिविर, विद्यार्थीलाई औषधि र परामर्श | ३६ वर्षपछि बालविकास विद्यालयले मनायो पहिलो वार्षिक उत्सव | नक्कली नोट छाप्ने गिरोहका दुई पक्राउ |

भैरहवामा अवैध लत्ताकपडा र गाडीसहित चालक पक्राउ

Marchawarsandesh 6+ समाचार ( )
२२ अशोज २०८३, बिहीबार

मर्चवार  सन्देश

भैरहवामा भारतबाट भन्सार छली गरि नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा र ढुवानीमा प्रयोग भएको गाडीसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको सात जनाको गाडी मोबाइल टोलीले बिहीबार सिद्धार्थनगर नगरपालिका–७, नारायणथान क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको करिब ४ लाख ४७ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ । उक्त सामान ढुवानीमा प्रयोग भएको लु १ च ८७७६ नम्बरको स्यानो हात्ती गाडीसमेत समान नियन्त्रणमा लिइएको हो । गाडीको अन्दाजी मूल्य ११ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।लत्ताकपडा र स्यानो हात्ती गाडी गरी बरामद सामग्रीको कुल मूल्य १५ लाख ४७ हजार रुपैयाँ कायम गरिएको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरीले गाडी चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, उदयपुर निवासी ४५ वर्षीय सुकै चमारलाई समेत नियन्त्रणमा लिएको छ ।

बरामद सामान, गाडी र चालकलाई आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार